शब्दहरूको बन्द दुनियाँमा सेल्फ–क्वारेन्टिन गर्ने उपाय

Tansen Khabar -   admin || २०७७ असोज २३ शुक्रबार

सेक्सपियरका बारेमा हामीलाई थोरै मात्रै जानकारी छ, सायद बायोग्राफरहरूको संख्या उल्लेख्य भएको भए उनको बायोग्राफीको संख्या पनि सोहीअनुरूप हुन्थ्यो होला । विद्वान्हरू अक्सर उनको विगतबारे बुझ्न कि त उनले लेखेका नाटक अथवा १६औं शताब्दीको उनको लन्डन बसाइँबारे लेखिएको अन्य लेखहरू पढ्छन् ।

सेक्सपियरको लन्डन बसाइँबारे अध्ययन गरेर लेखिएको राम्रो लेखमध्ये एक हो, कोलम्बियाका अंग्रेजी शिक्षक जेम्स शापिरोको ‘द इयर अफ लियर :  सेक्सपियर इन १६०६’ जुन हालसालै पुन : चर्चामा आउन थालेको छ ।

सायद १६०६ पनि महामारीको वर्ष भएर होला । शापिरोले उक्त लेखमा लेखेका छन्, “१६०६ मा फैलिएको त्यो महामारीले कसरी सेक्सपियरको व्यावसायिक जीवनको रूपरेखा फेरियो भनेर हामीलाई राम्रोसँग थाहा छ ।”

लन्डन लकडाउनको त्यो समयमा सेक्सपियरले घरभित्रै आइसोलेसनमा बसेर लेखेका नाटकहरू हुन्, ‘होल्ड योर ब्रेथ म्याकबेथ’, ‘किंग लियर’ र ‘एन्थोनी एन्ड क्लियोप्याट्रा’ ।

साँच्चै आइसोलेसन कहिले पनि त्यति धेरै उपलब्धिमूलक भएन । यति भनिरहँदा, सेक्सपियरको शक्ति र कमजोरीबारे लेखिएको–म्याकबेथ र किंग लियर यी दुई कृतिहरू संसारबाट टाढा रहेर आइसोलेसनमा बसेर लेखिएको हो भन्ने तथ्यलाई कसले असन्तुष्टि प्रकट गर्न सक्छ ?

किंग लियरमा एडगरले सोच्छन्, “अन्धकारका राजा भद्र व्यक्ति हुन्”, मानौँ म्याकबेथले जवाफ फर्काए, “आऊ अँध्यारो रात, मायालु दिनको आँखालाई रुमालले बन्द गरिदेऊ र तिम्रो रगताम्य अनि अदृश्य हातले यो महान बन्धनलाई टुक्राटुक्रा पारिदेऊ, जसले मलाई फिक्का बनाउँछ !”

सेक्सपियरको सामाजिक आइसोलेसिनिजमबारे सबैभन्दा ठूलो अध्ययन ह्यामलेट (१६०३) त अझै १६०६ भन्दा अघि नै लेखिएको थियो । जसमा आइसोलेसनबारे लेखिएका उनका प्रसिद्ध लाइनहरू यसरी सुरु हुन्छन्, “मानिस राम्रो कामको रचना हो । तर एक गहिरो, उदात्तसँग समाप्त हुन्छ– “यद्यपि मेरा लागि यो धुलोको विचित्रता हो ।”

२०औँ शताब्दीमा ह्यामलेट
आधुनिक युरोपियन साहित्यहरूमा, ह्यामलेट बारम्बार अचेतन रूपमा आउने पट्टाई अवधारणा बनेको छ । यो असामान्य पनि होइन किनभने युरोपका आधुनिक साहित्यका दिग्गज संस्थापकहरू– शिलर, गोएथे, नित्शे र फ्रोयड उनीसँग सम्बन्धित छन् । जोहान वुल्फग्यांथ भोन गोएथेको ‘द सरोज अफ योङग वर्थर’ (१७७४) लाई पनि आधुनिक ह्यामलेटको पूर्वस्वरूपका रूपमा लिन सकिन्छ ।

नित्थेले ‘बर्थ अफ ट्र्याजिडी’मा लेखेका छन्, “प्रतिबिम्ब होइन, सही ज्ञान हो, भयानक सत्यको अन्तरदृष्टिले कार्यको कुनै पनि उद्देश्यलाई जित्छ, ह्यामलेट र डायोनिसियन म्यान दुवैमा लेखिएको छ ।” ह्यामलेटको निष्क्रियतामा नित्शेको चिन्तन, उसको कमजोरी वा दुःखको संकेत होइन तर बौद्धिकता तथा अन्तरदृष्टिको अधिक हो ।

त्यसकारण, आधुनिक साहित्यका कैयौँ राम्रा लेखहरू आइसोलेसनको काल्पनिक रूप, यो विशाल संसारबाट छुट्टै, बन्द शब्दहरूको संसारमा सेल्फ–क्वारेन्टिन हुनुभन्दा अनुचित नहोला । के यो एक युरोपियन लक्षण हो ? किन, गाब्रिएल गार्सिया मार्किजको ‘वान हन्ड्रेड इयर्स अफ सोलटिट्युड (१९६७) दुर्गम कोलम्बियाको लामो समयदेखिको बिछोडको बारेमा भएन ? के गोविन्दास विष्णुदास दासानीको ‘अल अबाउट एच ह्याटरर (१९४८) एक नक्कली टङग–इन उच्चारणसम्बन्धी होइन र ? के राल्फ एलिसनको ‘एक अदृश्य मानिस (१९५२) कालो मानिसहरूको परित्यागका बारेमा होइन र ? पक्कै हुन् ।

यद्यपि यो युरोप हो जहाँ अस्पष्ट ऐतिहासिक क्रोधका कारण व्यक्तिहरू एक्लिएका छन्, यस प्रकारको एक्लोपनाले विचार, राजनीति, विरोध र बुझाइको सट्टा एक व्यक्तिको अस्तित्ववादी समस्याको नजिक बनाउँछ । यसकारण अल्बर्ट क्यामुसको प्लेग (१९४७) यस प्रकारको कल्पित सूचीको अंश हुन सक्दैन र यो एक राजनीतिक रूपक हो जहाँ तानाशाहीले सबैलाई कसरी पालैपालो बलले पछार्छ भनेर बताइएको छ ।

दोस्तोयास्कीको ‘नोट्स फ्रम अन्डरग्राउन्ड’
रूसी परिदृश्यको विशालताले त्यहाँको आइसोलेसनमा लेखिएका साहित्यलाई छुट्टै टोपोग्राफिकल मूर्त रूप प्रदान गर्छ, मानौं कि अन्तरजातीय भूमि उजाड्नका लागि मानवजीवन एक हाप्टिक चरण हो, जसलाई सेक्सपियरका निर्देशक ग्रिगोरी कोजिन्टसेभले दुईपटक आफ्नो ह्याम्लेट एन्ड किङ लियरको चलचित्रको संस्करणमा उतारे । यही कुरा हामी बोरिस पासर्नाकको डाक्टर जिभागो (१९५७) र भसिली ग्रोसम्यानको जीवन र भाग्य (१९६९०) मा देख्न सक्छौं तर फ्याडोर डोस्टोभस्कीको नोट अन्डरग्राउन्ड (१८६४) भन्दा बाहेक अरू कुनैमा पनि व्यक्ति सिस्टमबाट आइसोलेटेड भएको देख्न पाउँदैनौं ।

जीवनको बारेमा लेखिएको दोस्तोयास्कीको प्रायः सबै लेखले पाठकहरूलाई अलमल्ल र अस्पष्ट पार्न सक्छ, तर न्युयोर्करले “कट्टर आधुनिक ह्यामलेटको काल्पनिक कबुली” भनेजस्तो यो कम्पाउन्डिक, कट्टर, आत्मसंयम् पूर्ण जीवनमा उनी कतै त्यति विनाशकारी छैनन् । २०१२ को निबन्धमा डेभिड डेन्बीले भनेका छन्, त्यस भूमिगत पुरुषको विचारहरू सबै अविभाज्य थिए ।

किताबका अनेकौँ विकृतिपूर्ण बोलहरू नै अल्बर्ट केमसको ‘द फल’ (१९५६) का लागि सबैभन्दा ठूलो प्रेरणा थियो । यसरी दोस्तोयास्कीको ‘नोट्स’ मा बेनाम प्रतिक्रियात्मक जटिलताको विपरीत, एलेक्जेन्डर सोल्जेनिटिसनको सोभियत गुलाग प्रणालीमा फसेको ‘वान डे इन द लाइफ अफ इभान डेनिसोभिक (१९६२)’ एक असम्भाव्य कृति थियो । सोभियत संघका सबैभन्दा प्रसिद्ध पोस्ट–स्टालिन साहित्यिक विरोधी मानिने, उनको यस कृतिमा गुलागलाई शारीरिक रूपमा बलपूर्वक साइबेरियन नर्क पुर्याइने प्रणालीका रूपमा मात्र जीवित नराखेर यसलाई, पौराणिक गन्तव्यको नाम पनि दिइएको छ जहाँ एक व्यक्ति आजीवन जबरजस्ती आइसोलेनसमा बस्नुपर्ने हुन्छ । जोसेफ कोनरडको ‘हार्ट अफ डार्कनेस’ (१८९९) मा मिस्ताह क्रुट्ज आफैँ कोङ्गोको बन्जर भूमिमा हराएका थिए ।

दोस्तोयास्की नजिककै मानिने अर्का एक कम चर्चित साहित्यवाचक, नर्वेका लेखक नुट हेमसनको ‘हङ्गर’ (१८९०), आउँदो युगको यस्तो कथा हो जसले आधुनिक जीवनशैलीको अव्यवहारिक क्रूरता र जीवनसँग अलग्गिएको भावलाई दर्शाउँछ र यसलाई आधुनिक लेखनको ‘रेसन डेट्र’ पनि बनाइदिएको छ । त्यसैले रेनर मारिया राइल्क्सको ‘द नोटबुक्स अफ माल्टे लोरिड्स ब्रिगी (१९१०) मा हमसनको चिसो स्कान्डिनेभियन राजधानी ओस्लो पनि चमकदार पेरिसमा परिणत हुन्छ जुन यी जर्मन कविताकार, राइल्कसको एकमात्र फिक्सन लेख हो ।

पोर्चुगलका अर्का महान् साहित्यकार, फर्नेन्दो पेसोआले आधुनिकताभन्दा धेरै टाढाको गाउँ लिस्बनमा आफूजस्तै अन्य व्यक्तिसँग बसेर एक साधारण जीवन बिताएका थिए । र उनको ‘सोरेस’ पेसोआाको बेचैनी झल्काउने किताब हो जुन शान्त, घुमावदार तर आधुनिक जीवनका बारेमा गरिएको विशिष्ट अनुमानबारे आफ्नो डायरीबाट छोटो समयमा किताबमा उतारेको कला हो । र उनको मृत्युपश्चात २००२, २०१० र २०१९ मा हालै प्रकाशित भएको थियो ।

कल्फा एन्ड आफ्टर
पेसोआको जस्तै प्रगमा जन्मिएका फ्रान्ज काफ्काको पनि एकदम कल्पित जीवन थियो, आधुनिक परिवारको डरलाग्दो आरोपका रूपमा । ग्रेगर सम्साको बगमा रूपान्तरण एक भयानक स्वरूप थियो, जसरी उसले आफूसँग जोडिएका हरेक कुराबाट आफूलाई टाढा राखेका थिए ।

यद्यपि उसले अझै पनि चाहना नभएको अनुभूति गरिरहेको थियो, ठीक उसैगरी जसरी अल्बर्ट क्यामुसको ‘द आउटसाइडर’ मा गरिएको छ । ऊ आधुनिक फिक्सनको आइकोनिक अपरिचित व्यक्ति हो । मर्सोल्टको सफलता पनि अल्बर्टो मोराभियाको ‘द कन्र्फोमिस्ट’मा भएका मार्सेलो, क्लेरिसीजस्तै अर्को एक नाम हो, जसले इटालियनमा बहिष्कृत पादरीविरुद्ध किशोरावस्थामा भएको कुराको बदला लिन एक्लै मिसन बनाउँछ ।

क्यामुसको ‘द आउट साइडर’ कुनै हिसाबले एक साहित्यिक थ्रेसहोल्ड थियो– एक हिसाबले मानिस आधुनिकताको ऐनामा कस्तो देखिन्छ भन्ने कुराको क्लाइमेक्स ।

समय र इतिहासको चरम सीमा र दौडको सीमाको अन्वेषण गर्नुपर्ने कुरा बाँकी राखिएको थियो ।

जर्मनीका आधुनिकतावदी हर्मन ब्रोचको ‘डेथ अफ भर्जिल (१९४५)’, जोयसको ‘युलिसिस (१९२२) पछिको राम्रो फिक्सनका रूपमा प्रख्यात छ । जुन मृत्युको चरणमा पुगेका रोमन कविको गहिरो सोचको आत्मसंवाद हो । जसले एक्लोपन अनि अन्त्य नहुने अन्तको भाव महसुस गरिरहेको हुन्छ ।

यस्तै अन्त्यको भावना ज्याकले अस्टर्लिट्जलाई डब्लुजी सेबाल्डको ड्रिम्ली ब्लेक र डिफाएन्टली विधा– बेन्डिङ अस्टर्लिजमा पनि अनुभूति गर्छन् । दुवैजना भविष्यको भयावह समयलाई अँगाल्न लागेका दुःखमा अनि एक्लोपनमा छन् ।

अन्त्यमा र अपेक्षित रूपमा, स्टानिसल लेमको सोलारी (१९६१) मा आइन्स्टेनिस स्पेसटाइमलाई एक निरन्तर मानव चेतनाको लागि आह्वान गर्दछ, जुन अन्ततः सम्पूर्ण ब्रह्माण्डमा हाम्रो एकांकीपनको असह्य भारहीनताका लागि प्रस्तुत हुन्छ । जुन बाँकी ह्यामलेटले भजेजस्तै धुलो हो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com



सामाजिक संजाल