रुरु क्षेत्र धाम एक अनौठो इतिहास र महत्व

Tansen Khabar -   admin || २०७७ माघ २६ सोमबार

पाल्पा । पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमापरीचित रु रुक्षेत्र(रिडी) गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थ ल वा माझमा रहेको छ्।पश्चिम नेपालको ब्यापारीक राजधा नी बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अबस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो।यो सामुन्द्रिक सतह दे खी १८०० फीटको उचाइमा रहेको छ्। चारै तिरबाट पहाडै पहाडले घेरीइ बिचमा समथर जमीन रहेकोले यस्कोप्राकृति क बनावट उपत्यका जस्तो देखिन्छ। यो ठाउँमा सडक मार्ग भएर काठमाडौं बुटवल तान्सेनहुँदै आउन सकिन्छ।यहाँआ उन सबै प्रकारका निजी तथा भाडाको सवारी साधन पाउन सकिन्छ। साथै हवाइ मार्ग भएर आउँदा भैरहवा बिमानस्थ ल देखी बुटवल हुँदै आउनसकिन्छ पक्कीसडक ,सन्चार,बि द्युत, होटल ,शिक्षा तथा मनोरन्जन लगायतका सम्पूर्ण सुबि धाहरूले यो ठाउँ सुगम बनेको छ्।कालीगण्डकीको तटमा अबस्थित यो ठाउँमा १८ सालमा आएको भिषण बाढीले रि डी बजारलाई पुरै ध्वस्त बनाएको थियो।

जस्को कारण यहाँका एतिहासिक तथा धार्मिकमहत्वका स म्पदाहरू सहीत ठुलो धनजनको क्षती हुन पुग्यो।सो महाबि नास पछी बनेको नयाँ घरहरू,मन्दिर,पाटी,पौवा तथाबगैचा हरूले यो ठाउँलाई ब्यबस्थित बनाउनुका साथै यस्कोसौदर्य ता समेत थपेको छ्।कालिगण्डकिको किनारामा अबस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ्,भने स्वस्थानी किताबमा पनि यसैस्थान भिर्गुतुङेश्वर)मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरि एको छ्। त्यस्तै हिन्दू धार्मिक मान्यता अनुसार नेपालमा चा र वटा धार्मिक क्षेत्रहरू रहेका छन ति क्षेत्रहरू(रुरुक्षेत्र ,बरा हक्षेत्र,पाशुपतक्षेत्र र मुक्तीक्षेत्र) मध्येको एक क्षेत्र रुरुक्षेत्र प नि हो। यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ। बिदेशी बिद्वान पर्सिवल ल्यान्डनले ‘नेपाल’ नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू रुरुक्षेत्र सँग मेल खाने भएकोले यसलाई बनारस सँग

तुलना गर्दै ‘नेपालको बनारस’भनी टिप्पणी गरेका छन ।हि न्दूहरूको लागि यो क्षेत्र पवित्र घाट पनि हो। त्यसैले देशको बिभिन्न भुभागबाट मानिसहरू दाह संस्कारका लागि यहाँ आउने गर्छन् । धार्मिक मान्यता अनुसार रुरुक्षेत्रमा देहत्या ग गरीएमा मुक्ती पाइन्छ भन्ने विश्वाश रहेको छ्। भगवान बि ष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ। त्यसैले यो क्षेत्र शालग्राम क्षेत्रको रूपमा पनि परीचित छ।य हाँ चक्र तथा बिभिन्न आकारको दुर्लब शालिग्रामहरूपाइन्छ त्यस्तै यहाँ बर्ष भरीमा थुप्रै मेलाहरू लाग्ने गर्दछ। मुख्यत य हाँ माघेसंक्रान्ती तीन दिन र ऋशिकेश उत्सब २दिनठुलो मे ला लाग्ने गर्दछ। साथै बर्ष भरीको औंशी,पुर्णिमा,ग्रहणतथा बैशाख महिनाको प्रत्येक शनिबार यहाँ मेला लाग्ने गर्दछ।ए क कोषिय परीधीमा सिमित भएर पनि यहाँ करीब४०भन्दा बढी मन्दिरहरू रहनु यो क्षेत्रको ठुलो विशेषता हो lयहाँ रहे को ऋशीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिरहरू मध्येको

एक मानिन्छ जुन बिश्वोसम्पदा सुचीको लागि मनोनयमा स मेत परेको छ्।यिनै भगवान ऋषीकेशको बिराजमान कालि गन्डकीकोबहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रैआ यामिक विशेषताहरूको संगम रहनाले रुरु क्षेत्रको बिशिस्ट किसिमको धार्मिक पहिचान बनेको छ्।यो क्षेत्र धार्मिक स्थ ल मात्र नभएर यो भेगको मुख्य ब्यापारिक केन्द्रबिन्दु पनि हो। प्राचिनकाल देखीनै यो गुल्मी ,पाल्पा ,स्यङ्जा अर्घाखाँ ची , बाग्लुङ ,रुकुम र रोल्पा लगायत अन्य आसपासका ज नताहरूको ब्यापारिक केन्द्रबिन्दु रहदै आएको छ्।यहाँ सड क यातायातको सुबिधा हुनु पुर्ब पनि मानिसहरू आफैलेबो केर तथा खच्चडको माध्याम बाट सामानहरूको ढुवानी ग र्दथे। प्राचिनकालमा भोट,नेपाल उपत्यका तथा मधेस आउ न जानको लागि यो ठाउँ पायक पर्दथियो गुल्मी जिल्ला को प्रबेश द्वार रहेको यो ठाउँ भएरनै अर्घाखँची,बाग्लुङ र स्या ङ्जा जिल्ला लाई सडक यातायातले जोडेको छ्।

जसरी आज बुटवलपश्चिम नेपालको ब्यापारिक केन्द्रबिन्दु बनेको छ्, त्यस्तै भोलीको दिनमा रुरुक्षेत्र पनि यो भेगको ब्यापारिक केन्द्र बन्ने निस्चित छ्।यहाँ रहेको प्राकृतिक श्रोत साधन जल,जंगल,जमीन तथा खनिज पदार्थहरूको उच्चत म प्रयोग गरी यहाँ उध्योग धन्दा सन्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ्। हाल देशले चरम उर्जा संकट बेहोरीरा खेको अवस्थामा यहाँ खेर गएको खोलाको पानी बाट २.४ मेघावाट बिद्युत उत्पादन गरी यो क्षेत्रलाई लोड सेडीङ मुक्त क्षेत्र बनाइएको छ्।यहाँको अर्को विशेषता भनेको एतिहासि क पक्ष हो।धेरै पहिले देखीनै यो ठाउँ उच्च पदस्त ब्यक्तित्वो हरूको गन्तब्य रही आएको पाइन्छ।यहाँको इतीहासमा पा ल्पाली राजा मणीमुकुन्द सेन,भिम्सेन थापा,जंग बहादुर रा णा तथा राजामहाराजाहरूको प्रमुख गन्तब्य रहेकोपाइन्छ।साथै भिम्सेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवा समेत बनाएका छ्न। त्यस्तै श्री ३ जुद्ध शम्शेर राणाले यो क्षेत्रमा कल्पबास बस्न आएका थिए। त्यही कल्पबास बस्ने

प्रायोजनको लागि उनले अर्गलीमा दरबार बनाएका थिए जु न अहिले पनि बिद्यमान छ्। साथै यहाँ राज परिवारको कुनै पनि सद्स्यको देहाबसान पछी तिनीहरूको अस्तु सेलाउने परंपरा समेत रहेको छ्।नामाङ्कन –रुरुक्षेत्र यो ठाउँको पौ राणिक नाम हो।यसलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा आज धेरै ब्यक्तीहरू बि च मतभेद रहेको पाइन्छ। रुरुक्षेत्र भन्ने नामको सन्दर्भमा रु रु अर्थात मृगले देवदत्त ऋषीको पुत्रीलाई स्तनपान गराइ हु र्काएको कारणले तिनलाई रुरुकन्या भनियो। पछी तिनै क न्याले यहाँ कठोर तपस्या गरी मुक्ती पाएकोले यो ठाउँ उनै कन्याको नामबाट ‘रुरुक्षेत्र’ भनी चिनिन थाल्यो भन्ने मत पा इन्छ। ‘रिडी’क्षेत्रको सन्दर्भमा रुरुक्षेत्र भन्ने शब्द अपभ्रंश भ ई ‘रिडी’ क्षेत्र बन्नगएको भन्ने मान्यता पाइन्छ।त्यसैगरीधार्मि क मान्यता अनुसार मानिस जन्मदै तीन वोटा ऋण: देव ऋ ण,पित्री ऋण र ऋषी ऋण लिएर आएको हुन्छ। जो ब्यक्ती हिमालय देखी बग्दै आएको काली गण्डकीको सँगम

अर्थात दोभान(जुन रुरुक्षेत्रमा पर्छ)मा स्नान गर्छ सो ब्यक्ती को पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋ णी भनीन थालियो पछी ऋणी भन्नेशब्द अपभ्रम्श भईरिडी’ बन्न गएको भन्ने धारणा पाइन्छ।त्यस्तै अर्को मान्यताअनुसा र ‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो। मगर भाषा मा ‘री’भन्नाले कालो तथा ‘डी’ भन्नाले पानी भन्नेअर्थलाग्छ। अर्थात कालो पानी बग्ने क्षेत्र (काली गन्डकी )भएकोले य सलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क पाइन्छ।पौराणिक गा था: धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकज ना ब्राम्हण बस्दथे। उनले कालिगन्डकीको किनारमा आश्र म बनाइ तपस्या गर्नथाले। महात्माको तपस्या धेरै समय स म्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देव्रा ज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सो ही अनुरूप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामकोअ प्सरालाई तपस्या भङग गर्न पठाए। जब देवदत्त उनको

ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उ नले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्ह्मालो चालाई देखे।अप्सराको हाउभाउ कटाक्षले मुनी मोहितभये। उनको सुन्दरता प्रती बसिभुतभई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धन मा बाँधीइ संसारिक सुखमा बिलिन भए।केही समयको अन्तरालपछी प्रह्मालोचाले एउटी कन्या लाई जन्म दिइन। ततपस्चात उनले आफ्नो उधेश्य पुराभए को सम्झी ति कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन। जब देवदत्तले यो कुराको वास्तविकतालाई बुझे तव उनीछाँ गा बाट खसे झै भए। उनको हृदयमा तिब्र बैराग जागेर आ यो ततपस्चात उनी उत्तरतिरको भ्रिगु आश्रमतिर लागे र भ गवान शिवको कठोर तपस्या गर्नथाले। उनको तपस्या देखी भगवान शिव प्रशन्न भई उनको सामु प्रकट भए रआशिर्बाद दिए ‘जसले गन्डकिको नदीमा स्नानगरी शिवलिङ्ग (भ्रिगुतु मको)को दर्शन गर्ला उसले राम्रो योगफल

तथा शिद्धी प्राप्त गर्नेछ’।यती भनी भगवान शिव अन्तरध्या न भए। देवदत्तले पनि शिवजीबाट आशिर्बाद पाइ आफु मु क्तभएको अनुभब गरे।प्रह्मालोचाबाट जन्मेकी कन्यालाई प छी मृगले दुध पिलाएर हुर्काए। संस्क्रित भाषामा मृगलाई रु रु भनिन्छ। त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणले तिन को नाम रुरुकन्या रहनगयो। पछी उनले भगवान नारायण को कठोर तपस्या गर्न थालिन। उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई बारदान माग्न भन्नु भयो। भगवानको यस्तो वाक्य सुनेर रुरु कन्याले बिन्ती गरिन “हे नाथ यदी मलाई बारदान दिनु हुन्छ भने यही चतुरवाहु श्री नारायणको रूपले हजुर यही बिराज मान होइबक्सीयोस र मेरो नाम बाट यो क्षेत्र प्रशिद्ध होस्”उ नको यस्तो प्रार्थना सुनी भगवानले भन्नु भयो “अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुने छ्।यो क्षेत्रमा जसलेस्ना न गरेर तीन दिन यहाँ रही चतुरबाहु ह्रिषीकेशको दर्शन

गर्छन् त्यो पवित्र हुन्छ भनी भगवान अन्तरध्यान हुनु भयो। त्यसैले ५ दिन माघे संक्रान्ती मेला लाग्ने गर्छ)।ति रुरुकन्या केही समय त्यही रहिन र पछी उनले देहत्याग गरिन रउनले मुक्ती पाइन।भगवानको आशिर्बादले गर्दा त्यो दिन देखी रु रु क्षेत्र पुण्य क्षेत्र बन्यो। यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध भयो। पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर-पश्चिममा गुल्मी र पाल्पाको सिमान बाट बग्ने पवित्र कालीगण्डकी र गण्ड कीको तिरमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोण ले महत्वपूर्ण स्थल । यस क्षेत्रमा मणिमुकुन्द सेन द्वारा प्रति स्थपित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ऋ षिकेश मन्दिर रहेको छ

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com



सामाजिक संजाल