पाल्पाली ढाकाको इतिहास

Tansen Khabar -   admin || २०७७ माघ २१ बुधबार

पाल्पा,पाल्पामा ढाका भित्र्याएको स्वदेशी वस्त्रालय कपडा उद्योगमा २०१७ सालमा ४ वटा हाते तानमा कपडा बुन्न थालियो। ८  जना महिलाले उद्योगमा रोजगारी पाए। २०१८ सालसम्म आइपुग्दा उद्योगले उत्पादन गरेको खद्दरको साडी बजारमा राम्रो बिक्री भयो।  नेपालमा ढाका टोपी र चोलोको महत्व बढ्दै गएकाले महर्जन दम्पतीले ढाका टोपी र ढाकाको चोलो उत्पादन गर्न थाले।

पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौमा बंगलादेशको राजधानी ढाकाबाट ढाका बुट्टेदार कपडा आउँथ्यो। सोही कपडाको टोपी बनाई धनी साहुमहाजनले लगाउने प्रचलन चलेको थियो। सोही समयमा एउटा टोपीको मूल्य १० रुपैयाँदेखि २५ रुपैयाँसम्म पर्दथ्यो। टोपीको मूल्य महँगो भएका कारण सर्वसाधारणको पहुँचमा थिएन। ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पाको स्वदेशी वस्त्रालयमा पनि उत्पादन हुने थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको हो।

बगंलादेशबाट उत्पादन भएको ढाका टोपी सर्वसाधारणको पहुँचमा नभएको अवस्थामा पाल्पाली ढाका टोपीले सर्वसाधारणदेखि मध्यम परिवारको समेत मन जित्यो। २०१९ सालदेखि पाल्पामा ढाका कपडाको उत्पादन सुरु भए पनि मसिनो धागोबाट बुट्टा भर्नुपर्ने भएकाले गाह्रो कामका कारण कामदार पाउन कठिन भयो। गरेका कामदार पनि लामो समय नटिक्ने भएपछि महर्जन दम्पती आफैं तानमा खटिएर ढाका बुने।  २०२१ सालमा स्वदेशी वस्त्रालय ढाका कपडा उद्योगबाट उत्पादन भएको

एउटा टोपीको मूल्य ५ रुपैया कायम गरियो। पसलमा राखेका टोपी दुईचार दिनमै सकिए। महर्जनमा उत्साह थपिँदै गयो। नेपालका अधिकांश स्थानमा पाल्पाली ढाका टोपीको प्रचार बढी भयो। कामदार थपिँदै गए। पाल्पाली ढाका टोपी र चोलोको व्यापार बढ्दै गयो। उद्योग प्रवद्र्धनका लागि घरेलु विभागबाट सरकारले ऋणको व्यवस्था गर्‍यो। 
२०३५ सालमा पाल्पाली ढाका उद्योगमा १ सय ७५ वटा हाते तान, चर्खा चालाउने २० जना, कपडा बुन्ने ३ सय ५० जना, टोपीको कपडा काट्ने सिलाउने गरी ३० जना गरी ४ सय जनाले काम गरे। सम्पूर्ण उद्योग तथा कामदारको रेखदेख पूर्णमाया महर्जनले नै गर्दै आएकी थिइन्। पाल्पामा ढाका टोपीको काम गर्न पूर्वका पहाडी जिल्लादेखि पश्चिम कैलाली-कञ्चनपुरका महिला तथा पुरुष आउने गरेका थिए। 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com

सामाजिक संजाल