उच्च पहाडी र हिमाली धेरै स्थानमा हिमपातको सम्भावना

Tansen Khabar -   admin || २०७७ माघ २३ शुक्रबार

काठमाडौं  मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
भने, देशका सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आँशिक बदली भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

देशका विभिन्न भूभागहरु सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ । 

भने, देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश न १ का केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

यता, देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com



सामाजिक संजाल