स्वयम्भुको बुद्ध पार्कमा रहेका बुद्धमूर्तिहरु कात्तिक मसान्तभित्र हटाउने निर्णय

Tansen Khabar -   admin || २०७७ कार्तिक १ शनिवार

काठमाडौ । चक्रपथको दोस्रो चरणका विस्तारको लागी भन्दै स्वयम्भूस्थित अमिदेवा बुद्ध पार्कमा निर्माण गरिएका पवित्र बिशाल बुद्धमूर्तिहरु आगामी कात्तिक मसान्तभित्र हटाउने निर्णय गरेको छ । असोज २५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, नेपाल टेलिकम, सडक विभागलगायत कार्यालयका प्रतिनिधिसहित सिंहदरबारमा भएको बैठकले कामलाई तत्काल गति दिन सम्बन्धित निकायसँगका समन्वयमा निर्माणस्थल खाली गराउने निर्णय गरेको हो । स्वयम्भूस्थित बिशाल बुद्धमूर्तिहरु काठमाडौँ महानगरपालिकासँगको समन्वयमा आगामी कात्तिक मसान्तभित्र हटाइने निर्णय भएको हो । 

अमिदेवा बुद्ध पार्क, सन २००३ निर्माण गरिएको पार्क हो । यसको बिषेशता भनेको नै बिशाल बौद्ध मूर्तिहरु हुन । जसमा ६७ फिट अग्लो बुद्धको मूर्ति , ६४ फिटको पद्य्मसम्भव र अवलोकितेश्वर रहेका छन् । यस पार्कमा आउनेहरुले यी बिशाल बुद्धको मूतिहरु हेर आनन्दीत तथा मनमा शान्ति प्राप्त गर्ने स्थान पनि हो । 

यस पार्कमा ६७ फिटको बुद्धको मूर्ति फिट अग्लो शाक्यमुनी बुद्धलाई बिचमा केन्द्र बिन्दूको रुपमा राखिएको छ । शाक्यमुनी बुद्धको बाँयामा ६४ फिट अग्लो चेनरेजिग छ (यसलाई अवलोकितेश्वरा पनि भनिन्छ), “अटल आँखाले हेर्ने व्यक्ति।“ उहाँ सबै बोधिसत्वहरूमा सबैभन्दा अनुकम्पापूर्ण हुनुहुन्छ, र “ओम मणि पद्मे हुँ“ मन्त्र उच्चारण गर्नेहरूले उहाँलाई सहयोगको लागि आग्रह गर्छन्। उहाँले खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्ने विश्वास गर्दछ । शाक्यमुनी बुद्धको दायाँपट्टि ६४ फिट अग्लो, गुरु रिन्पोचे (उर्फ गुरु पद्य्मसंभव), “अनमोल गुरु “ पूर्ण रुपले प्रबुद्ध व्यक्तिको रूपमा अवतरित भएका, गुरु रिनपोचे सबै ज्ञानको रक्षक र उहाँले विश्वलाई पूर्ण वज्रियान (तांत्रिक) शिक्षा सिकाए। 

यस्ता विभूतिहरु सहित निर्मित यस पार्कमा मानिसहरु प्रत्येक दिन प्रार्थना गर्नेहरुको भिड रहन्थ्यो । यस्तो पवित्रस्थललाई संरक्षण गर्नु पर्नेमा उल्टै विनास गर्ने सरकारको निर्णय तुरन्त खारेज गर्नु पर्छ । सडक अलि सानो हुँदैमा केही हुँदैन तर यस्ता पवित्र स्थलहरु बनाउन सकिन्न त्यसैले यसलाई विनास होइन संरक्षण गर ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com



सामाजिक संजाल