तेवटीया र परागको साझेदारीमा राजस्थानले हैदराबादलाई हरायो

Tansen Khabar -   admin || २०७७ असोज २५ आइतबार

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पाँच विकेटले हराएको छ।

हैदराबादले दिएको एक सय ५९ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। राहुल तेवटीया ४५ र रियान पराग ४२ रनमा अविजित रहे। उनिहरुले छैटौँ विकेटका लागि अविजित ८५ रनको साझेदारी गरे ।

तीन ओभरमा ४६ रन जोडेपछि राजस्थानलाई अन्तिम ओभरमा जितका लागि केवल ८ रन आवश्यक थियो। उसले १७ औँ ओभरमा १८, १८ औँ ओभरमा १४ र १९ औँ ओभरमा १४ रन जोडेको थियो।

त्यसअघि  टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५८ रन जोड्यो। हैदराबादका मनिष पाण्डेले ५४ र डेभिड वार्नरले ४८ रन बनाए। केन विलियमसनले २२, जोनी बेयर्स्टले १६ र प्रियम गार्गले १५ रन जोडे। राजस्थानका जोफ्रा आर्चर र जयदेव उनाडकट एक एक विकेट हात पारे।

राजस्थानले लगातार चार हारपछि पहिलो जित हात पारेको छ। उसको सात खेलबाट ६ अंक छ। हैदराबादको पनि सात खेलबाट ६ अंक छ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com



सामाजिक संजाल