प्यारिले भन्ने गर्छन सधै घर फर्की आउ छिट्टै !! (गजल)

Tansen Khabar -   admin || २०७७ असोज २९ बिहिबार

प्यारिले भन्ने गर्छन सधै घर फर्की आउ छिट्टै !!

तर म प्रदेशिको अझै  खालि  छन  हात रिट्टै !!


प्रदेशिको आशा र भरोसामा चलेकोछ घर !!

प्रदेशिले कहाँ पाउछ र पैसा तेतिकैमा सिटै !!


घरको यादमा टड्पिदै सधै बसेकोछ यहाँ !!

जति कमाए पनि घर बस्नेलाई मर्दैन धितै !!


आधा जिन्दगी बितिसक्यो बिरानो ठाँउमा !!

त्यसैले होला प्रदेशिका कथा गाउछन गितै !!


पसिनाको धारा बगाउनुपर्छ पैसाको लागी !!

त्यो बुदा बुडीलाई देख्दा लाग्छ मलाई तिथै !!

-(नबिन पुन मगर )

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com



सामाजिक संजाल