पितालाई जन्म दिनको शुभकामना

Tansen Khabar -   admin || २०७७ असोज ३० शुक्रबार

मलाई यस सुन्दर सृष्टिमा टेक्न सिकाउनेलाई

यी मेरा कलिला हात समाई अघि बढाइदिनेलाई

आफू जल्दै मेरो जीवन प्रज्ज्वलित बनाइदिनेलाई

जन्मदिनको लाखौंलाख शुभकामना ।


कति खट्छौ रातदिन हातमा ठेला उठाइ

मेरा निम्ति आफ्ना सौखको बली चढाइ

महान तिमी बाबा अजम्बरी हुनु भन्ने कामना

मेरो पितालाई जन्मदिनको लाखौंलाख शुभकामना ।


नआओस् कुनै बाधा अड्चन कहिल्यै तिम्रो जीवनमा

सुख र शान्तेि छाओस् तिम्रो त्यो कोमल मनमा

भगवान सदैव दाहिने हुन् फर्केर हेर्न नपरोस् ।

शीतल त्यो तिम्रो पितृत्वको छायाँ सधैं अमर रहोस् ।


जन्मदिनको उपहारस्वरूप दिदैछु तिमीलाई म वचन

यो छोराछोरीले कहिल्यै पनि दुखाउने छैन त्यो मन

तिम्रो सपना पूरा गरेर फुल्लाइ दिनेछु तिम्रो छाती

मिहिनेती र संघर्षशील ती हात सधैं रहोस् मेरो शिर माथि ।


जीवनका हरेक प्रतिकूलतासँग लड्न सिकायौं

आफूजस्तै सक्षम बनाउन यहाँ पठायौं

झल्किरहन्छ बाबा तिम्रो त्यो न्यानो हातको स्पर्श

तिम्रा हरेक दिनले पाओस् सफलता र हर्ष ।


यस वसन्तपछिका हरेक साल पति हरियाली होउन्

दुःखको कालो बादलले तिमीलाई कहिल्यै घेर्न नसकुन्

सुस्वास्थ र दीर्घायुको गर्दैछु म कामना

मेरो बाबालाई जन्मदिनको लाखौंलाख शुभकामना !


(नोट: यो कविता दिल ध्वज, किरण, करण र करुणा-छोराछोरीले संयुक्त मिश्रणमा लेखेको हो ।)

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
सम्पादक : बसन्त कुवंर
९८५७०६५९४०
तानसेन–५,पाल्पा
tansenkhabar@gmail.com
bashantakunwar1@gmail.com



सामाजिक संजाल